logo

२०८३ असोज ७ बुधबार

यौन हिंसा रोक्न युएन वुमनको आग्रह

यौन हिंसा रोक्न युएन वुमनको आग्रह


हाम्रो राष्ट्र
  • शनिबार, ९ बैशाख २०८०
  • 988
    SHARES

    लैङ्गिक समानता र महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनले सुडानी महिला तथा युवतीहरूमा युद्धले नकारात्मक असर पारेको जनाउँदै यौन हिंसा हुननदिन तथा त्यसविरुद्ध कारबाही गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

    ‘युएन वुमन सुडानमा जारी द्वन्द्वबाट हामी गम्भीर रूपमा चिन्तित छौँ, हामी हाम्रा साझेदारहरूका साथ छौँ युद्धले सुडानी महिला र युवतीको जीवनमा पनि गम्भीर प्रभाव पारेको छ । हामी सुडानका जनतासँग ऐक्यबद्धता जनाउँछौँ, महिलाहरूलाई हिंसामुक्त राख्न प्रतिबद्ध रहनुहोस्,’ लैङ्गिक समानतामा समर्पित उक्त निकायकी कार्यकारी निर्देशक सिमा बहौसले विज्ञप्तिमा भनेकी छन् ।

    युद्ध चर्केसँगै यौन हिंसा र महिला हिंसाका घटना बढेका विवरण सार्वजनिक भएसँगै उक्त संस्थाले सहनशील सुडानी महिलाहरू शान्तिको खोजीमा रहेका तथा देशमा शान्ति कायम गर्ने दिशामा उनीहरूको भूमिका आवश्यक भएको बताउँदै विज्ञप्तिमा कुनै पनि महिला कुनै पनि बहानामा प्रताडित वा हिंसाको शिकार हुननहुने तथा उनीहरूको सुरक्षा सुनिश्चित हुनुपर्नेमा जोड दिइएको छ । साथै युएन वुमनले वार्ताको माध्यमबाट समस्याको निकास खोज्न आग्रह गर्दै स्थायी युद्धविरामका निम्ति आह्वान गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend