logo

२०८३ साउन १४ बिहिबार

विश्वासको मत माग्दै गण्डकीका मुख्यमन्त्रीले भने-अस्थिरता निम्त्याउने काम कसबाट भएको भन्ने कुरा प्रश्न चिह्न खडा भयो

विश्वासको मत माग्दै गण्डकीका मुख्यमन्त्रीले भने-अस्थिरता निम्त्याउने काम कसबाट भएको भन्ने कुरा प्रश्न चिह्न खडा भयो


हाम्रो राष्ट्र
  • शनिबार, ९ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । अहिले जारी प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले आफू नेतृत्वको सरकारले गरेका कामहरूको सूची प्रस्तुत गर्दै विश्वासको मत दिन आग्रह गरे ।

    केन्द्रमा परिवर्तन भएको राजनीतिक समीकरणसँगै माओवादी केन्द्र सरकरबाट बाहिरिएपछि उनले आज विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दै मुख्यमन्त्री अधिकारीले अस्थिरताको बाहक हुने कि स्थायित्वको संवाहक हुने भन्दै दलहरुमाथि प्रश्न गरे।

    उनले अस्थिरता निम्त्याउने काम कसबाट भएको भन्ने कुरा प्रश्न चिह्न खडा भएको बताए। उनले भने, ‘हामी केन्द्रको छाया होइनौं। हामी एकताबद्ध भएर आफ्नो अधिकारका लागि केन्द्रसँग लड्ने छौं भन्नुको औचित्य साबित भयो कि भएन। यसको जवाफ पनि खोज्नुछ ।’

    अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यतिबेला उनलाई एमाले, माओवादी केन्द्र, राप्रपा र स्वतन्त्र (दीपक मनाङे) को समर्थन प्राप्त गरेका थिए। तर, राष्ट्रपति निर्वाचनको सन्दर्भमा केन्द्रमा गठबन्धन नै परिवर्तन भएपछि उनको सरकार संकटमा परेको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend