logo

२०८३ असोज ७ बुधबार

नेप्सेमा १८ अंकको गिरावट

नेप्सेमा १८ अंकको गिरावट


हाम्रो राष्ट्र
  • आइतबार, १० बैशाख २०८०
  • 962
    SHARES

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । आइतबार नेप्से १८ दशमलव ८० अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ६० विन्दुमा झरेको हो ।

    आज होटल तथा पर्यटनबाहेक सबै समूहको शेयर घटेर राताम्मे हुँदा जीवन बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । यस्तै विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, जलविद्युतलगायतका समूहको शेयर पनि उच्च अङ्कले घटेको छ ।

    शेयर बजारसँगै कारोबार रकम पनि घटेको छ । आज दुई सय ६५ वटा कम्पनीका २७ लाख ३४ हजार कित्ता शेयर ८२ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् । गएको बिहीवार ९८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको थियो ।

    आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावरको तीन करोड ११ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । आज गुडविल फाइनान्स र गणपति लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज आदर्श लघुवित्त, सनराइज व्यूसीप फन्ड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend