logo

२०८३ असोज ७ बुधबार

तनहुँ-१ मा स्वर्णिम ७,२९३, गोविन्द भट्टराईको ३,२३४ मत

तनहुँ-१ मा स्वर्णिम ७,२९३, गोविन्द भट्टराईको ३,२३४ मत


हाम्रो राष्ट्र
  • सोमबार, ११ बैशाख २०८०
  • 1K
    SHARES

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले दोब्बर मतले अघि बढिरहेका छन् । आज बिहान ७ः ४५ बजेसम्म १३ हजार ६५ मत गणना हुँदा वाग्ले दोब्बर भन्दा बढी मतले अग्रता लिइरहेका छन् ।

    मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार जारी मतगणनामा १३ हजार ६५ मतगणना हुँदा वाग्लेले ७ हजार २९३ मत प्राप्त गरेका छन् ।

    यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराईले उनी भन्दा आधा कम अर्थात ३ हजार २३४ मात्रै मत प्राप्त गरेका छन् । नेकपा एमालेका सर्वेन्द्र खनाल वाग्ले भन्दा ५ हजार मतले पछि परेका छन् । खनालले २ हजार १३४ मतमा सीमित रहेका छन् । हिजो सम्पन निर्वाचनमा तनहुँ–१ मा ६३ हजार ७५७ मत खसेको थियो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend