logo

२०८३ असोज ७ बुधबार

टर्कीले रक्षा उद्योगमा विदेशी निर्भरता ८० प्रतिशत घटायो

टर्कीले रक्षा उद्योगमा विदेशी निर्भरता ८० प्रतिशत घटायो


हाम्रो राष्ट्र
  • मंगलबार, १२ बैशाख २०८०
  • 923
    SHARES

    टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीले रक्षा उद्योगमा आफ्नो विदेशी निर्भरता विगत दुई दशकमा झन्डै ८० प्रतिशतबाट घटाएर २० प्रतिशतमा झारेको बताएका छन् ।

    उत्तरपश्चिमी साकरीमा परीक्षणका लागि टर्कीको सशस्त्र बललाई नयाँ अल्टाय ट्याङ्कहरू वितरण समारोहमा उनले सन् २०२२ मा केवल ६२ मात्रै रहेको प्रतिरक्षा परियोजनाहरूको सङ्ख्या अहिले आएर सात सय ५० पार गरिसकेको बताएका हुन् । उनले टर्कीले ‘स्वतन्त्र रक्षा उद्योग’को लक्ष्य राखेको बताए ।

    रक्षा परियोजनाका लागि देशको बजेट ५ दशमलव ५ अर्ब अमेरिकी डलर रहेकोमा अहिले ७५ अर्ब अमेरिकी डलर पुगेको उनले बताए । बीएमसी डिफेन्सले परीक्षणका लागि मुख्य युद्ध ट्याङ्क अल्टे डेलिभर जुन सन् २०२४ मा पूरा हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend