logo

२०८३ साउन १४ बिहिबार

प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन सांसद पन्तको माग

प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन सांसद पन्तको माग


हाम्रो राष्ट्र
  • मंगलबार, १२ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले प्रधानमन्त्रीको भारत भ्रमणबारे सञ्चारमाध्यमबाट जानकारी पाएको भन्दै सदनमा जानकारी गराउन माग गरेका हुन् ।

    भारतले बोलाएको खण्डमा प्रधानमन्त्री प्रचण्ड भारत जानु उपयुक्त हुने भन्दै उनले हालसम्म भारत भ्रमणको मितिसमेत तय भइनसक्दा पनि प्रधानमन्त्री भारत जान्छु भन्ने अभिव्यक्ति दिने गरेको भन्दै आपत्ति जनाए ।

    उनले संसदमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुनुपर्ने बताए । भारत भ्रमणका क्रममा असमान सन्धी, सम्झौता लगायतका विषयमा छलफल गर्नुपर्ने उनको भनाइ थियो । भारत भ्रमणमा जाँदा संसद र प्रमुख प्रतिपक्षी दलको समर्थन लिएर जानुपर्ने सांसद पन्तले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend