काठमाडौं । संसदका १० वटा विषयगत समिति गठन गरिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकले समितिमा रहने सदस्यको नाम अनुमोदन गरेको छ ।
प्रतिनिधिसभामा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend