logo

२०८३ असोज ७ बुधबार

‘कालो वर्षा’को शिकार भएको भन्दै अदालतमा मुद्दा दायर

‘कालो वर्षा’को शिकार भएको भन्दै अदालतमा मुद्दा दायर


हाम्रो राष्ट्र
  • आइतबार, १७ बैशाख २०८०
  • 1.1K
    SHARES

    जापानको हिरोशिमाका २३ जना बासिन्दाले सन् १९४५ मा भएको आणविक बम विस्फोटपछि रेडियोधर्मी ‘कालो वर्षा’को शिकार भएको आफ्नो हैसियतलाई मान्यता दिन माग गर्दै हिरोशिमा जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

    शुक्रबार मुद्दा दायर गरेको मुद्दामा ७० देखि ९० वर्ष उमेर समूहका वादीहरूले ‘कालो वर्षा’को दायरा सरकारको दाबीभन्दा निकै फराकिलो भएको र यउनीहरू रेडियोधर्मी वर्षाको चपेटामा परेको पाइएमा उनीहरू बिरामी भए वा नभए पनि पीडितका रूपमा पहिचान गरिनुपर्ने तर्क गरेका छन् ।

    सन् १९४५ मा हिरोशिमा र नागासाकीमा अमेरिकी आणविक बम विष्फोट भएपछि भएको बर्षा (ब्ल्याक रेन) भनेको आणविक पतन वा रेडियोधर्मी कालो वर्षा हो । ‘ब्ल्याक रेन’ वा पानीले भिजेको र त्यसबाट दूषित अन्नबाली खाँदा मानिस रोगबाट पीडित हुन्छन् ।

    जापानी सरकारले आणविक विष्फोटबाट रेडियोधर्मी रूपमा दूषित क्षेत्रहरूलाई ‘कालो वर्षा’ को अवधि र दायराअनुसार भारी वर्षा क्षेत्र र हल्का वर्षा क्षेत्रहरूमा विभाजन गरेको थियो । कानून अनुसार भारी वर्षा क्षेत्रहरूमा विकिरण–सम्बन्धित रोगहरूबाट पीडित बासिन्दाहरूलाई मात्र आणविक विस्फोटको शिकारको रूपमा पहिचान गरिएको र सम्बन्धित राज्य उपचारमा पहुँच दिइएको थियो ।

    जुलाई २०२१ मा, हिरोशिमा उच्च अदालतले सुनाएको फैसलामा हिरोशिमा प्रान्तका ८४ व्यक्तिहरूले राज्यको स्वास्थ्य हेरचाहसम्बन्धी लाभहरू प्राप्त गर्न योग्य भएको निर्णय सुनाइएको थियो । यद्यपि उनीहरू सरकारद्वारा मान्यता प्राप्त क्षेत्रभन्दा बाहिरको ‘कालो वर्षा’ को सम्पर्कमा थिए ।

    यस निर्णयपछि जापान सरकारले अप्रिल २०२२ मा दुई आवश्यकताहरू पूरा गर्ने व्यक्तिहरूलाई आणविक बमबाट बचेको प्रमाणपत्र प्रदान गर्ने एक नयाँ योजना सुरु गरेको थियो ।g

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend