logo

२०८३ साउन १४ बिहिबार

पेट्रोलियम पदार्थ आपूर्तिको अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर

पेट्रोलियम पदार्थ आपूर्तिको अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर


हाम्रो राष्ट्र
  • आइतबार, १७ बैशाख २०८०
  • 1K
    SHARES

    फेब्रुअरी १ भन्दा अघि भएका सम्झौता अन्तर्गत मित्र राष्ट्रहरूलाई पेट्रोल तथा पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति गर्न अनुमति दिने आदेश पत्रमा रूसी राष्ट्रपति पुटिनले हस्ताक्षर गरेका छन् ।

    पत्रमा पुटिनले गतवर्षको अन्त्यमा आफैले हस्ताक्षर गरेको सम्झौतामा सामान्य संशोधन गरी पश्चिमा राष्ट्रहरूले तोकेको मूल्य सीमा लागु गर्ने मुलकका लागि आपूर्ति रोक्न भनिएको छ ।

    यसअघि सन् २०२२ डिसेम्बरमा यूरोपेली सङ्घ (ईयू) ले रूसी तेल उत्पादनको आपूर्तिमा प्रतिबन्ध लगाएको थियो । सन् २०२२ को डिसेम्बरमा ईयूले रूसी समुद्री कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० अमेरिकी डलर तोकेको थियो । प्रतिबन्धमा जी सेभेन राष्ट्र र अष्ट्रेलिया सामेल भएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend