logo

२०८३ असोज ७ बुधबार

सुडानको राजधानी खार्तुममा पुनः भीषण युद्ध शुरु

सुडानको राजधानी खार्तुममा पुनः भीषण युद्ध शुरु


हाम्रो राष्ट्र
  • सोमबार, १८ बैशाख २०८०
  • 1.1K
    SHARES

    सुडानको राजधानी खार्तुममा पुनः भीषण युद्ध शुरु भएको छ । युद्धग्रस्त क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित रुपमा बाहिर जाने वातावरण बनाउने उद्देश्यले गरिएको पछिल्लो युद्धविराम भङ्ग भएको छ ।

    सुडानी सेनाले विपक्षी अर्धसैनिक बल आरएसएफलाई चारै दिशाबाट आक्रमण गरिरहेको बताएको छ । युद्धका कारण घरमै फसेका हजारौँ सुडानी अन्नपानीको अभावमा छटपटाइ रहेका छन् । युद्धकै बीचमा जोखिम मोलेर विदेशी नागरिकलाई भने सम्बन्धित देशका सरकारले सुरक्षित स्थानतर्फ लगिरहेका छन् ।

    अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो । सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ ।

    आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ । पन्ध्र दिनअघि शुरु युद्धमा कम्तीमा पाँच सय १२ जनाको मृत्यु भएको तथा चार हजार एक सय ९३ जना घाइते भएका सुडानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend