logo

२०८३ असोज ७ बुधबार

सुडानमा जारी द्वन्द्व तत्काल अन्त्य गर्न राष्ट्रसङ्घ महासचिवको आग्रह

सुडानमा जारी द्वन्द्व तत्काल अन्त्य गर्न राष्ट्रसङ्घ महासचिवको आग्रह


हाम्रो राष्ट्र
  • आइतबार, २४ बैशाख २०८०
  • 1K
    SHARES

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सुडानमा जारी हिंसा तत्काल अन्त्य गर्न आह्वान गरेका छन् ।महासचिव गुटेर्रेसले बुरुन्डीको आर्थिक केन्द्र बुजुम्बुरामा बुरुन्डीका राष्ट्रपति इभारिस्टे नदायिशिमिएसँग भेटवार्ता गरेपछि सुडानमा जारी हिंसा तत्काल अन्त्य गर्न आह्वान गरेका हुन् ।

    प्रजातान्त्रिक गणतन्त्र कङ्गो र यस क्षेत्रमा शान्ति, सुरक्षा र सहयोगका लागि ‘अदिस अबाबा फ्रेमवर्क’ सम्झौतासम्बन्धी क्षेत्रीय पर्यवेक्षण संयन्त्रका राष्ट्रप्रमुखहरूको ११औँ शिखर सम्मेलनका क्रममा गुटेर्रेसले बुरुन्डीका राष्ट्रपतिलाई भेटेका हुन् । उनले सुडानी सङ्कट समाधानका लागि क्षेत्रीय व्यापार समूहले गरेको मध्यस्थता प्रयासको प्रशंसा गरेका छन् ।

    गुटेर्रेसले पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको अवस्था पनि चिन्ताजनक रहेको भन्दै समाधानका लागि विश्व समुदाय आ–आफ्नो स्थानबाट लाग्नुपर्ने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend