logo

२०८३ असोज ७ बुधबार

कङ्गोमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुग्यो

कङ्गोमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुग्यो


हाम्रो राष्ट्र
  • आइतबार, २४ बैशाख २०८०
  • 1K
    SHARES

    प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुगेको एक अधिकारीले आइतबार जानकारी दिएका छन् ।

    कालेहे क्षेत्रका प्रशासक थोमस बाकेङ्गाका अनुसार गत साताको बाढीपछि कम्तीमा ३९४ जनाको शव निकालिएको छ । उनले शनिबार बाढी र पहिरोका कारण कम्तीमा २०३ जनाको मृत्यु भएको घोषणा गरेका थिए ।

    दक्षिण किवु प्रान्तको कालेहे क्षेत्रमा बिहीबार भएको भारी वर्षाका कारण नदीहरूमा पानीको बहाव बढेपछि बुसुशु र न्यामुकुबी गाउँहरूमा पहिरो गएको थियो ।

    “अहिलेसम्म ३९० भन्दा बढी शवहरू फेला परेको हामीलाई जानकारी प्राप्त भएको छ,” उनले भने । उनका अनुसार बुसुशुमा १४२, न्यामुकुबीमा १३२ र इदज्वी नजिकैको किवु तालमा १२० शव तैरिरहेको अवस्थामा फेला परेका थिए ।

    बिहीबारदेखि लगातार मृतकहरू भेटिएका उनीहरूको सरकारी अधिकारी र सम्भवभएसम्म आफन्तको उपस्थितिमा अन्त्येष्टि गरिएको बाकेङ्गाले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend