logo

२०८३ असोज ७ बुधबार

सुन खानीमा आगलागी हुँदा पेरुमा कम्तीमा २७ जनाको मृत्यु

सुन खानीमा आगलागी हुँदा पेरुमा कम्तीमा २७ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • आइतबार, २४ बैशाख २०८०
  • 1.1K
    SHARES

    पेरूको दक्षिणी क्षेत्रमा रहेको एक सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जना कामदारको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् ।

    एरिक्विपा क्षेत्रमा रहेको ला एस्पेरान्जा खानीभित्रको सुरुङमा शनिबार सर्ट सर्किटका कारण आगलागी भएको प्रहरी र सरकारी अधिवक्ताको कार्यालयले जनाएको छ ।

    सरकारी अभियोजक जियोभान्नी माटोसले च्यानल एन टेलिभिजनलाई दिएको जानकारीअनुसार खानीभित्र २७ जनाको मृत्यु भएको छ ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार सुदूर कोन्डेसुयोस प्रान्तको खानीमा विस्फोट भएपछि आगलागी सुरु भएको हो । प्रहरीले मृतकको विवरण सङ्कलन गरेपछि मात्रै आगलागीको खबर आइतबार प्रकाशित गरेको हो ।

    उद्धार टोलीले मृतकको शव निकाल्नुअघि खानीलाई सुरक्षित बनाउने प्रयास गरिरहेका बताइएको छ । माटोसले भने, “हामीले मृतकहरू सुरक्षित भएको ठाउँ बनाउनुपर्छ ताकि हामी त्यहाँ पस्न र शवहरू निकाल्न सक्छौं ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend