logo

२०८३ असोज ७ बुधबार

भारतको मध्य प्रदेशमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते

भारतको मध्य प्रदेशमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते


हाम्रो राष्ट्र
  • मंगलबार, २६ बैशाख २०८०
  • 923
    SHARES

    मध्य प्रदेशको खरगोन जिल्लामा मङ्गलबार यात्रु बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
    घटना जिल्लाको ओन प्रहरी चौकी अन्तर्गत दसङ्गा क्षेत्र नजिकै डोङ्गरगाउँ पुलमा भएको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रशासन र एम्बुलेन्स घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गरेको थियो ।

    खरगोनका प्रहरी उपरीक्षक (एसपी) धरमवीर सिंहले भनेका छन्– ‘खरगोनको पुलबाट बस खसेर १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। उद्धार कार्य जारी छ।’

    प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई चार लाख, गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाइ २५ हजार तत्काल उपलब्ध गराउने घोषणा गरेको छ । घटनाबारे अनुसन्धान जारी छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend