logo

२०८३ साउन १४ बिहिबार

१८ वर्षदेखि अचेत रहेका ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

१८ वर्षदेखि अचेत रहेका ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन


हाम्रो राष्ट्र
  • बुधबार, २७ बैशाख २०८०
  • 1.1K
    SHARES

    बनेपा । दोस्रो जनआन्दोलन ०६२/०६३ का घाइते जिउँदो सहिद मुकेश कायस्थको निधन भएको छ । उनको बुधबार राति निधन भएको हो । मुकेशको स्वास्थ्य अवस्थामा केही दिन अघिदेखि खराब हुँदै आएको र उनलाई बनेपास्थित शिरमेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

    बुधबार राति ८ बजे उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मुकेश केही समय अघि बोल्न खोज्ने गरेपनि केही शब्द र प्रष्ट भाव व्यक्त नगर्दै १८ वर्ष लामो अर्धचेतको अवस्थामा नै उनको मृत्यु भएको छ ।

    २०४८ साल भदौ ९ गते काभ्रेको बनेपामा मिरा कायस्थ र कृष्णमान कायस्थको छोराको रुपमा जन्मिएका मुकेश २०६२ चैत २७ गते गोली लागेर घाइते भएका थिए ।

    जनआन्दोलनका क्रममा चैत २६ गते नाला घर भएका ३६ वर्षीय भिमसेन दाहालको गोली लागी मृत्यु भएको थियो । उनी दाहाललाई सहिद घोषणाको माग गर्दै २७ गते बनेपामा निकालिएको जुलसमा सहभागी भएका मुकेशलाई प्रहरीले चलाएको गोली कन्चटमा लागेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend