logo

२०८३ असोज ७ बुधबार

राष्ट्रपति पुटिनद्वारा जर्जियामा भिसा र उडान प्रतिबन्ध हटाउने आदेशमा हस्ताक्षर

राष्ट्रपति पुटिनद्वारा जर्जियामा भिसा र उडान प्रतिबन्ध हटाउने आदेशमा हस्ताक्षर


हाम्रो राष्ट्र
  • बिहिबार, २८ बैशाख २०८०
  • 1.1K
    SHARES

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भिसा प्रतिबन्ध र जर्जियामा उडान प्रतिबन्ध हटाउने दुईवटा आदेशमा हस्ताक्षर गरेका छन् । आदेशअनुसार जर्जियाली नागरिकहरूलाई सन् २०२३ मे १५ देखि ९० दिनको अवधिका लागि भिसाविना नै रुसमा प्रवेश गर्न अनुमति दिइनेछ।

    यो रोजगारीका लागि रूस जान चाहने जर्जियाली नागरिकहरूमा भने लागू हुनेछैन । त्यसैगरी अर्को आदेशमा राष्ट्रपतिले रुसबाट जर्जियाको सीधा उडानहरूमा पूर्व प्रतिबन्ध हटाउने विषय संलग्न छ जुन सन् २०१९ जुलाई ८ मा लागू भएको थियो ।

    राष्ट्रपति पुटिनले दुई देश बीच बढेको तनावका कारण रुससबाट जर्जियाको यात्रु उडानहरू अनिश्चितकालका लागि निलम्बन गर्ने आदेश दिइएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend