logo

२०८३ असोज ७ बुधबार

उडानका क्रममा असम्बन्धित व्यक्तिलाई ककपिटमा प्रवेश दिएको भन्दै एयर इन्डियालाई ३० लाख जरिवाना

उडानका क्रममा असम्बन्धित व्यक्तिलाई ककपिटमा प्रवेश दिएको भन्दै एयर इन्डियालाई ३० लाख जरिवाना


हाम्रो राष्ट्र
  • शनिबार, ३० बैशाख २०८०
  • 1.2K
    SHARES

    भारतको उड्डयन नियामक निकायले ‘एयर इन्डिया’लाई ३० लाख भारतीय रूपैँया जरिवाना गरेको छ । भारतीय निजी एयरलाइन्स ‘एयर इन्डिया’ का विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न दिएर सुरक्षा मापदण्ड उल्लङ्घन गरेको पाइएको हो ।

    भारतीय नागरिक उड्डयन महानिर्देशनालयका अनुसार दुबई–दिल्ली उडानका चालक दलका सदस्यले फेब्रुअरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान गरिएको थियो । डीजीसीएले पाइलटको लाइसेन्स पनि तीन महिनाका लागि निलम्बन गरेको छ । उजुरीका आधारमा डीजीसीएले गत महिना निजी एयरलाइन्सलाई कारण देखाउ आदेश जारी गरेको थियो ।

    अनुसन्धानको क्रममा डीजीसीएले पाइलटलाई सुरक्षा मापदण्ड उल्लङ्घन गरेकोमा दोषी ठहर गरेको थियो र सबै सह–चालकलाई उल्लङ्घन रोक्न दृढ बन्न निर्देशन पनि दिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend