logo

२०८३ साउन १४ बिहिबार

कामनपा-२९ द्वारा ज्येष्ठ नागरिकहरुलाई सम्मान

कामनपा-२९ द्वारा ज्येष्ठ नागरिकहरुलाई सम्मान


हाम्रो राष्ट्र
  • शनिबार, ३० बैशाख २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर –२९ ले जेष्ठ नागरिक अधिकार सम्बन्धी अन्तरक्रिया एवं जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरी, निःशुल्क स्वास्थ्य परिक्षण साथै जेष्ठ नागरिकहरुलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको छ ।

    पद्मकन्या स्कूलको प्राङ्गणमा आयोजित कार्यक्रमको प्रमुख अतिथिको रुपमा पूर्व उप–प्रधानमन्त्री प्रकाशमान सिंह थिए भने कार्यक्रमको सभापतित्व महानगर न्यायिक समिति सदस्य एवं वडा अध्यक्ष कुश ढकालले गरेका थिए ।

    कार्यक्रममा प्रदेशसभा सदस्यहरु, स्थानीय जनप्रतिनिधिहरु, सामुदायिक प्रहरी, स्वास्थ्यकर्मीहरुको टोली साथै स्थानीयवासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । त्यसक्रममा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend