logo

२०८३ साउन १४ बिहिबार

म्यान्मामा ५८ वर्षयताकै धेरै वर्षा

म्यान्मामा ५८ वर्षयताकै धेरै वर्षा


हाम्रो राष्ट्र
  • आइतबार, ३१ बैशाख २०८०
  • 1K
    SHARES

    मध्य म्यानमाको एउटा शहरमा शनिबार ५८ वर्ष यताकै सबैभन्दा धेरै वर्षा (एकै दिन) रेकर्ड गरिएको मौसम विज्ञान तथा जलविज्ञान विभागले जनाएको छ।

    मध्य म्यानमाको मण्डले क्षेत्रको न्याउङ–उ शहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा भएको छ । शनिबार १६१ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।

    चक्रवात मोकाका कारण अहिले देशका अधिकांश भूभागमा वर्षा भइरहेको र आइतबार दिउँसोसम्म देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बङ्गलादेश–म्यानमाको तटीय क्षेत्रतर्फ अघि बढेको चक्रवात मोचाले आइतबार १२० माइल प्रतिघण्टाको गति र पश्चिमी म्यानमाको रखाइन राज्यमा १४ फिट (करिब ४.२६ मिटर) सम्मको आँधीबेहरी आउने अनुमान गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend