logo

२०८३ साउन १३ बुधबार

मेक्सिकोमा ट्रेलर र भ्यान ठोक्किएर दुर्घटना हुँदा २६ जनाको मृत्यु

मेक्सिकोमा ट्रेलर र भ्यान ठोक्किएर दुर्घटना हुँदा २६ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • सोमबार, १ जेष्ठ २०८०
  • 975
    SHARES

    मेक्सिकोमा सवारी मालबाहक ट्रेलर र भ्यान ठोक्किएर दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । उत्तरी राज्य तमौलिपासको राजमार्गमा आइतबार ट्रेलर र भ्यान ठोक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनास्थलमा ट्रेलरको अगाडिको भाग भने भेटिएको छैन । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मेक्सिकोकै नागरिकहरु परेको अनुमान गरिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend