logo

२०८३ साउन १५ शुक्रबार

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट


हाम्रो राष्ट्र
  • सोमबार, १ जेष्ठ २०८०
  • 949
    SHARES

    काठमाडौं । सोमबार शेयर बजार नेप्से ओरालो लागेको छ । सोमबार नेप्से ३ दशमलव ३३ अङ्कले घटेर एक हजार आठ सय १८ दशमलव ३१ विन्दुमा झरेको हो ।

    सोमबार माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन र फाइनान्स समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । दुई सय ६६ वटा कम्पनीका २३ लाख ४१ हजार कित्ता शेयर ७२ करोड ४९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको तीन करोड रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनीको शेयर साढे छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त र राप्ती हाइड्रो कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ ।

     

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend