logo

२०८३ साउन १३ बुधबार

हानद्वारा मौद्रिक नीतिको समीक्षाको स्वागत

हानद्वारा मौद्रिक नीतिको समीक्षाको स्वागत


हाम्रो राष्ट्र
  • मंगलबार, २ जेष्ठ २०८०
  • 858
    SHARES

     

    काठमाडौं । होटल सङ्घ नेपाल (हान)ले मौद्रिक नीतिको समीक्षामार्फत समस्याग्रस्त होटल क्षेत्र सम्बोधन गर्ने प्रयास स्वागतयोग्य भएको बताएको छ । होटल क्षेत्रलाई राहत दिने उद्देश्यले २०८० असार मसान्तसम्म कर्जाको पुनःसंरचना र पुनःतालिकीकरण गर्न पाउने घोषित नीतिका लागि हानले नेपाल राष्ट्र बैंकलाई धन्यवाद ज्ञापन गरेको छ ।

    हानको कार्यकारिणी परिषद् बैठकले मौद्रिक नीतिको समीक्षामा गरिएका प्रावधान स्पष्ट र सरल ढङ्गमा छिटोभन्दा छिटो लागू गर्न कार्यविधि र निर्देशिका बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरिनुपर्ने माग समेत गरेको छ ।

    घोषित नीति तथा निर्देशन लागू गर्न कार्यविधि र निर्देशिका जारी गर्न ढिलाइ तथा बैंक तथा वित्तीय संस्थाका सम्बन्धित सञ्चालक समितिबाट समेतको निर्णय देखाएर फरक र ढिलो गर्ने व्यवहारप्रति ध्यानआकृष्ट गर्दै हानले यस विषयमा बैंकर्स सङ्घसँग नजिकबाट सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

    एकल अङ्कको ब्याजदरप्रति हानले गर्दै आएको माग र आगामी आर्थिक वर्षको सरकारी नीति तथा कार्यक्रम, राष्ट्रिय बजेट, वित्तीय एवं मौद्रिक नीतिमा यस क्षेत्रको सुधार तथा विकासका लागि होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता दिन माग गरेको छ ।

    पर्यटन तथा होटल क्षेत्रको विकासका लागि राष्ट्रिय कार्यनीति सहितको व्यवसायमैत्री ठूला प्रकृतिका प्रवद्र्धनात्मक कार्यक्रमलगायत कोभिडपछि क्रमशः उत्थान हुँदै आएको होटल तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम आवश्यक रहेको हानले जनाएको छ ।

    बैठकले आगामी जनवरीमा नेपाल आतिथ्य दिवस आयोजना गर्ने पनि निर्णय गरेको छ । त्यसैगरी आतिथ्य तथा उद्योग वाणिज्य क्षेत्रका शशिकान्त अग्रवाल र रविभक्त श्रेष्ठलाई हानको मानार्थ सदस्यता प्रदान गर्नुका साथै बैठकले पूर्वकार्यसमिति सदस्य घनश्याम श्रेष्ठको संयोजकत्वमा होटल सङ्घ नेपाल बागमती प्रदेश तदर्थ समिति पनि गठन गरेको हानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend