logo

२०८३ साउन १४ बिहिबार

२७औँ पटक सगरमाथा चढेर कामिरिताले तोडे आफ्नै कीर्तिमान

२७औँ पटक सगरमाथा चढेर कामिरिताले तोडे आफ्नै कीर्तिमान


हाम्रो राष्ट्र
  • बुधबार, ३ जेष्ठ २०८०
  • 949
    SHARES

    काठमाडौं । नेपाली पर्वतारोही कामीरिती शेर्पाले २७ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । शेर्पाले बुधबार बिहान ८ः३० बजे सगरमाथाको आरोहण गरेको सेभेन समिट ट्रेकले जनाएको छ ।

    शेर्पाले यसअघिको आफ्नो रेकर्ड तोड्दै सगरमाथा आरोहणमा ‘विश्व कीर्तिमान’ कायम गरेका हुन् । शेर्पा पहिलोपटक २०४८ सालमा उनी सहयोगी कर्मचारीको रूपमा सगरमाथा आरोहणमा सामेल भएका थिए ।

    २७ पटक सगरमाथा आरोहण गरेका शेर्पाले विश्वको दोस्रो सर्वोच्च शिखर पाकिस्तानको के टू हिमालको पनि आरोहण गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend