logo

२०८३ साउन १४ बिहिबार

राष्ट्रपति भण्डारीद्वारा बागलुङ कालिकामा पूजाअर्चना

राष्ट्रपति भण्डारीद्वारा बागलुङ कालिकामा पूजाअर्चना


हाम्रो राष्ट्र
  • बुधबार, १० फाल्गुन २०७९
  • 1.1K
    SHARES

    बागलुङ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ कालिका भगवती मन्दिरमा पूजा आराधना गरेकी छिन् ।

    मुल पूजारी जयबहादुर खड्काबाट १० मिनेट पूजा आराधनापछि राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए ।

    कालिकाको दर्शनका लागि राष्ट्रपति नेपाली सेनाको हेलिकोप्टरबाट बिहान बागलुङ बजार आइपुगेकी हुन् । राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend