logo

२०८३ साउन १५ शुक्रबार

लाल आयोगको प्रतिवेदन अदालतको आदेशका कारण सार्वजनिक गर्न नसकिएको होः प्रधानमन्त्री

लाल आयोगको प्रतिवेदन अदालतको आदेशका कारण सार्वजनिक गर्न नसकिएको होः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 871
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको आदेशका कारण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नसकिएको बताएका छन् ।

    बिहीबार लाल आयोगको प्रतिवेदन किन सार्वजनिक गरिएन भन्ने रास्वपाका सांसद शिशिर खनालको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले आफू पनि आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भन्ने पक्षमा रहेको तर अदालतको आदेशका कारण रोकएिको बताए ।

    उनले भने, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्नेभित्र म पनि पर्छु । कुन रूपमा कसरी सार्वजनिक गर्ने भन्ने छलफल भइरहेका बेला सर्वोच्च अदालतले हाल सार्वजनिक नगर्नू भनेकाले रोकिएको हो ।’

    प्रधानमन्त्रीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी भइरहेका बेला सूचना आयोगले सर्वोच्च अदालतमा मुद्दा हालेको र सर्वोच्चले त्यो सार्वजनिक नगर्नू भन्ने रोकिएको बताए । उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेर त्यसलाई अदालतले खुला गरेपछि सार्वजनिक गर्नु पर्ने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend