logo

२०८३ साउन १३ बुधबार

शेयर बजारमा दोहोरो अंकको बृद्धि

शेयर बजारमा दोहोरो अंकको बृद्धि


हाम्रो राष्ट्र
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौ । बिहीबार शेयर बजार नेप्से उकालो लागेको छ । बिहीबार नेप्से ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलव ३२ विन्दुमा पुगेको छ ।

    बिहीबार सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । दुई सय ६४ वटा कम्पनीका ४४ लाख २२ हजार कित्ता शेयर एक अर्ब ४७ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन् ।

    सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको आठ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतका दरले बढेको छ । समग्रमा बजार हरियाली भए पनि आज किसान लघुवित्त, सामुदायिक लघुवित्त र युनिक नेपाल लघुवित्तको शेयर झन्डै दुई प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend