logo

२०८३ साउन १३ बुधबार

महानगरमा घरबहाल विवरण लिएर आउने घरधनीको सङ्ख्या नगण्य

महानगरमा घरबहाल विवरण लिएर आउने घरधनीको सङ्ख्या नगण्य


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 923
    SHARES

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले घरबहाल व्यवस्था निर्देशिका जारी गरेको तीन महिना बितिसक्दासम्म विवरण लिएर आउने घरधनीको सङ्ख्या बढ्न सकेको छैन ।

    घरबहालमा लगाउनेलाई कानूनी दायरामा ल्याउनका लागि महानगरले गत फागुन ३ गते नै ‘घरबहाल व्यवस्था निर्देशिका’ जारी गरेको थियो । निर्देशिका जारी गरेको तीन महिना बितिसक्दा पनि घरधनी विवरण लिएर नगन्य मात्रामा मात्रै आउने गरेको महानगरको राजस्व विभागका प्रमुख धु्रव काफ्लेले जानकारी दिए ।

    उनका अनुसार घरबहालमा बस्नेबाट हुने आम्दानीको निश्चित रकम करका रूपमा स्थानीय तहलाई बुझाउनुपर्छ । यसैलाई व्यवस्थित गर्न र घरबहाललाई कानूनी दायरामा ल्याउनका लागि गरिएको प्रयास अझै प्रभावकारी हुन सकेको छैन ।

    यदि कसैले घर, कुनै भवन, जग्गा वा पसल भाडामा लगाएको छ भने त्यसवापत घरधनीले स्थानीय तहलाई निश्चित कर बुझाउनुपर्ने कानूनी व्यवस्था नै छ । राजस्व विभागका अनुसार अहिले तीन–चार दिनमा एक–दुई जनामात्रै विवरण बुझाउन आउने गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend