logo

२०८३ साउन १५ शुक्रबार

अमेरिकी प्रतिबन्धले भेनेजुएलाका महिला अधिकारमाथि असर

अमेरिकी प्रतिबन्धले भेनेजुएलाका महिला अधिकारमाथि असर


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 884
    SHARES

    भेनेजुएला विरुद्ध अमेरिकी प्रतिबन्धले महिला अधिकारलाई कमजोर बनाउँदै लगेको भेनेजुएलाका एक अधिकारीले संयुक्त राष्ट्रसंघको बैठकमा उल्लेख गरेका छन् ।

    संयुक्त राज्य अमेरिकाको एकपक्षीय जबरजस्ती कदमहरूले ‘पीडित महिलाहरूको जीवन र अधिकारमा प्रत्यक्ष प्रभाव पार्छ,’ भेनेजुएलाका महिला तथा लैङ्गिक समानताका लागि जनशक्ति मन्त्री दिवा गुजमानले संयुक्त राष्ट्र संघ समितिको ८५ औं सत्रलाई सम्बोधन गर्दै भने ।

    स्विट्जरल्याण्डको जेनेभामा आयोजित महिला विरुद्धको भेदभाव उन्मूलन सम्बन्धी कार्यक्रममा उहाँले प्रतिबन्धहरूले लैङ्गिक समानतालाई प्रवर्द्धन गर्न नीतिहरू विकास गर्न र कार्यान्वयन गर्न कठिन बनाउने र सार्वभौमसत्ता, आत्म–निर्णय, गैर–हस्तक्षेप, र विश्वव्यापी र अविभाज्य ग्यारेन्टी को उल्लङ्घन गर्ने भन्दै  नव–औपनिवेशिकताको औजार“ को रूपमा यो आएको भन्दै निन्दा गरेका छन् ।

    भेनेजुएलाका सरकारी संस्थाहरूले महिलाहरूको सक्रिय सहभागितालाई लोकतान्त्रिक मूल्यमान्यताको प्रवर्द्धन गरेको छ, गुजम्यानले महिला विरुद्ध भेदभाव हटाउन संयुक्त राष्ट्र महासन्धिको कार्यान्वयनको अनुगमन गर्ने स्वतन्त्र विज्ञहरूबाट बनेको समिति बीच सो धारण व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend