logo

२०८३ साउन १३ बुधबार

सुडानबाट भागेर इथियोपिया पुगेकालाई सहयोग गर्न राष्ट्रसङ्घको अपील

सुडानबाट भागेर इथियोपिया पुगेकालाई सहयोग गर्न राष्ट्रसङ्घको अपील


हाम्रो राष्ट्र
  • आइतबार, ७ जेष्ठ २०८०
  • 923
    SHARES

    सुडानमा जारी सुरक्षा अवस्थाका कारण इथियोपिया प्रवेश गर्ने मानिसहरूको आवश्यकतालाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (यूएनओसीएचए) ले थप रकमको लागि अपील गरेको छ ।

    युएनओसीएचएले जारी गरेको पछिल्लो स्थिति अद्यावधिकमा सुडानबाट करिब ८५ हजार मानिस इथियोपिया प्रवेश गर्ने अनुमान गरिएको र यस्तो अवस्थामा मानवीय आवश्यकता तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ ।

    युएनओसीएचएको तथ्याङ्कअनुसार अप्रिल २१ देखि मे १६ को बीचमा इथियोपियाको उत्तरपश्चिमी अम्हारा क्षेत्रको मेटेमा सीमा नाकामा ६४ भन्दा बढी देशका २२ हजार ६०० भन्दा बढी मानिस जम्मा भइसकेका छन् ।

    मेटेमाले अहिले सुडानमा द्वन्द्वबाट भाग्ने मानिसहरूको सबैभन्दा ठूलो हिस्सा प्राप्त गरिरहेको छ । युएनओसीएचएका अनुसार सुडानको राजधानी खार्तूम शहरबाट आउने विदेशीको सङ्ख्या कुल आगमनको ७६ प्रतिशत हो ।

    तीमध्ये करिब १८ प्रतिशत ओमदुरमान शहरका रहेको बताइएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले सुडानमा जारी सङ्कट र हिंसाबाट प्रभावित जनतालाई मानवीय सहायता प्रदान गर्न २० करोड ९० लाख अमेरिकी डलरको अपील गर्दै एक प्रतिकार्य योजना सार्वजनिक गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend