logo

२०८३ साउन १३ बुधबार

१० महिनामा १२ खर्ब बराबरको व्यापार घाटा

१० महिनामा १२ खर्ब बराबरको व्यापार घाटा


हाम्रो राष्ट्र
  • आइतबार, ७ जेष्ठ २०८०
  • 910
    SHARES

    काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको माल वस्तु आयात गरेको छ ।

    दश महिनाको अवधिका कूल १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख बराबरको व्यापार गरेको छ । विभागका अनुसार सो अवधिमा नेपालले रु एक खर्ब ३० अर्ब ९० करोड बराबरको माल वस्तु निर्यात गरेको छ । सो अवधिका वस्तु आयात र निर्यात दुवै घटेको छ ।

    आव २०७८/७९ को १० महिनाको अवधिमा नेपालले रु एक खर्ब ७३ अर्ब ३४ करोड बराबरको माल वस्तु निर्यात गरेको थियो । गत वर्षको तुलनामा चालु आवको १० महिनामा वस्तु निर्यात २४ दशमलब ४९ प्रतिशतले घटेको छ ।

    विभागका अनुसार आव २०७८/७९ मा १६ खर्ब चार अर्ब ६५ करोड २५ लाख बराबरको कूल आयात गरेकामा चालु आवको १० महिनामा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको आयात भएको छ । कूल कारोबारका आधारमा आव २०७८/७९  १७ खर्ब ७८ अर्ब बराबरको व्यापार भएकामा चालु आवको १० महिनामा १४ खर्ब ६६ अर्ब २२ करोड बराबरको व्यापार भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend