logo

२०८३ साउन १४ बिहिबार

बूढानीलकण्ठ दुर्घटनामा पृथ्वी मल्ललाई चार वर्ष कैदको फैसला

बूढानीलकण्ठ दुर्घटनामा पृथ्वी मल्ललाई चार वर्ष कैदको फैसला


हाम्रो राष्ट्र
  • आइतबार, ७ जेष्ठ २०८०
  • 988
    SHARES

    काठमाडौं । बूढानीलकण्ठको ’हिट एन्ड रन’ मुद्दामा चालक पृथ्वी मल्ललाई चार वर्ष कैद र ४० हजार जरिवानाको फैसला भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र जगदीश घिमिरेको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै यस्तो फैसला गरेको हो ।

    मल्लले लापरबाही गरेर सवारी साधन चलाई पीडितको ज्यान गएको भन्दै उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको हो । जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध ६ महिना कैद र १० हजार जरिवानाको फैसला सुनाएको थियो ।

    तीन वर्षअघि बूढानीलकण्ठमा मल्लले मादक पदार्थ सेवन गरी चलाइरहेको कारले किचेर पैदलयात्री लीला देवकोटाको ज्यान गएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend