logo

२०८३ असोज ७ बुधबार

बखमुत रूसी कब्जामा गएको छैनः जेलेन्स्की

बखमुत रूसी कब्जामा गएको छैनः जेलेन्स्की


हाम्रो राष्ट्र
  • आइतबार, ७ जेष्ठ २०८०
  • 910
    SHARES

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेना बखमुतमा रहेको तर नगर अझै पनि रूसको नियन्त्रणमा गइनसकेको बताएका छन् ।

    हिरोशिमामा भएको आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनका क्रममा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, ‘आज उनीहरू (रूसी सेना) बखमुतमा छन् । तर बख्मुत अझै रूसको कब्जामा छैन ।’ उनले भने, ‘म हाम्रो सेनाको सामरिक दृष्टिकोण तपाईंलाई बताउन सक्दिनँ । बखमुतमा केही रणनीतिक गल्ती भएको भए र हाम्रा जनता घेरिएको भए सबैभन्दा जटिलता आउने थियो ।;

    युक्रेनले युद्धको सबैभन्दा लामो अन्तरालपछि बखमुत नगरलाई पूर्ण रूपमा कब्जा गरेको भन्ने रूसी दाबीको खण्डन गरेको छ । उपरक्षामन्त्री गन्ना मल्यारले युक्रेनी सेना ‘छेउछाउका उपनगरमा’ अघि बढिरहेको र यसले ‘शत्रुलाई बखमुतमा बस्न निकै गाह्रो हुने’ दाबी गरेका छन् ।

    युक्रेनी सेनाले नगरलाई अर्ध–घेरा हालेको भन्दै उनले युक्रेनले अझै पनि आवासीय क्षेत्र र केही औद्योगिक सुविधाको नियन्त्रण कायम राखेको दावी गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend