logo

२०८३ साउन १४ बिहिबार

नक्कल भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

नक्कल भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति


हाम्रो राष्ट्र
  • आइतबार, ७ जेष्ठ २०८०
  • 910
    SHARES

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

    उनीहरूलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले समय मागेको थियो । तर, अदालतले तीन दिनको समय मात्रै उपलब्ध गराएको छ । नेपालीहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

    यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डेलगायत १६ जना पक्राउ परेका छन् । यही प्रकरणका आरोपित पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालगायत फरार छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend