logo

२०८३ साउन १४ बिहिबार

एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा १२ जनाको मृत्यु

एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा १२ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • आइतबार, ७ जेष्ठ २०८०
  • 936
    SHARES

    मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु भएको छभने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उदृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन)ले जनाएको छ ।

    प्रहरीका अनुसार कुस्काटलाना रङ्गशालामा अलियान्जा र एफएएसबीचको फुटबल खेल हेर्न प्रवेश गर्न खोजेका समर्थकहरूको भागदौडमा घाइते भएकालाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पुर्याइएको छ ।

    प्रहरीले सार्वजनिक गरेको भिडियोमा रङ्गशाला बाहिर धेरै एम्बुलेन्स बिरामी बोक्न तयारी अवस्थामा रहेका तथा चिकित्सकहरू द्रुत सेवा प्रवाहका खातिर घाइतेहरू भएकातर्फ दौडिइरहेका देखिन्छन् । अलियान्जा र एफएएसएल साल्भाडोरका लोकप्रिय फुटबल टोली हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend