logo

२०८३ साउन १५ शुक्रबार

भारतका सात राज्यमा अत्यधिक तातोबाट जोगिन नागरिकलाई आग्रह

भारतका सात राज्यमा अत्यधिक तातोबाट जोगिन नागरिकलाई आग्रह


हाम्रो राष्ट्र
  • सोमबार, ८ जेष्ठ २०८०
  • 1K
    SHARES

    भारतको मौसम विज्ञान विभागले सातै राज्यका लागि ‘उष्ण लहर’ का कारण वातावरण अत्यधिक तातो रहने भन्दै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

    विभागका अनुसार उत्तर प्रदेश, पश्चिम बङ्गाल, झारखण्ड, दक्षिण हरियाणा, पश्चिम राजस्थान, छत्तीसगढ र उत्तरी मध्य प्रदेशका केही क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना रहेको छ ।

    आगामी पाँच दिनसम्म उडिसाका साथै कोंकण क्षेत्र, आन्ध्र प्रदेश, तमिलनाडु र केरलामा सोमबारसम्म तातो र असहज मौसम रहने अनुमान गरिएको छ ।

    भारतका चर्को गर्मीले कैयौँ राज्यमा प्रभाव जमाइरहेका बेला मानिसहरूले राहतका लागि आइसक्रिम र चिसो पेय पदार्थको प्रयोग गर्न थालेपछि सम्बन्धित उद्योगहरूले माग अनुसार सामान आप्रर्ति गर्नसमेत कठिनाई हुन थालेको बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend