logo

२०८३ साउन १४ बिहिबार

तामाकोशी पाँचौंमा जुट्यो लगानी

तामाकोशी पाँचौंमा जुट्यो लगानी


हाम्रो राष्ट्र
  • सोमबार, ८ जेष्ठ २०८०
  • 793
    SHARES

    काठमाडौ । दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजनाको लगानी जुटेको छ । आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएको हो । ऋण लगानीको लागि नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष र तामाकोसी जलविद्युत कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको छ ।

    प्राधिकरणका प्रबन्ध निर्देशक तथा तामाकोसी जलविद्युत कम्पनीका अध्यक्ष कुलमान घिसिङ, तामाकोसी जलविद्युत कम्पनी कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारी र कोषका प्रशासक जितेन्द्र धितालले सम्झौतामा हस्ताक्षर गरेका छन् । ९९.८ मेगावाटको यो आयोजना निर्माणका लागि करिब २१ अर्ब १४ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

    ६५ प्रतिशत ऋण र ३५ प्रतिशत सेयरबाट आयोजनाको लगानी जुटाइनेछ। सबै ऋण कोषले दिनेछ। आयोजना दोलखाको बिगु गाउँपालिकामा बन्नेछ । कोषका प्रशासक धितालले सञ्चय कोष जलविद्युतमा लगानी गर्ने अग्रणी सस्था भएको दाबी गरे । उनका अनुसार ६० अर्ब रुपैयाँ जलविद्युतमा लगानी गरेको छ ।

    कार्यकारी निर्देशक घिसिङले विजुलीको बजारको कुनै समस्या नभएको बताउँदै भारत र बंगलादेशमा हिउँदको भन्दा वर्षाको मूल्य धेरै पाउने बताए । ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले आयोजना समयमै सकिने विश्वास व्यक्त गर्दै बिजुली उत्पादनसँगै प्रसारणलाइनमा काम गर्न सुझाव दिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend