logo

२०८३ साउन १४ बिहिबार

नक्कली शरणार्थी प्रकरणः प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो अनुसन्धान प्रतिवेदन

नक्कली शरणार्थी प्रकरणः प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो अनुसन्धान प्रतिवेदन


हाम्रो राष्ट्र
  • सोमबार, ८ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं ।  नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा असुलेर भएको ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझाएको छ ।

    सोमबार दिउँसो प्रहरीले यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ३३ जनालाई राज्यविरुद्धको, ठगी र संगठित अपराध गरी तीन खालका मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन वकिलको कार्यलायलाई बुझाएको हो ।

    अब अब फाइल अध्ययन गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गरिने सरकारी वकिलको कार्यालयले जनाएको छ । १६ जना पक्राउ र बाँकी १७ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने प्रहरीको राय रहेको छ।

    प्रहरीले उनीहरुलाई संगठित ठगी, कीर्तेसम्बन्धी कसुर र राज्यविरुद्धको अपराधको कसुर लगाउनुपर्ने राय दिएको छ । प्रहरीले यस प्रकरणमा चैत १२ गतेबाट अनुसन्धान थालेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend