logo

२०८३ साउन १३ बुधबार

जन्ममिति विवादका कारण डीआइजी अशोक सिंहद्वारा राजीनामा

जन्ममिति विवादका कारण डीआइजी अशोक सिंहद्वारा राजीनामा


हाम्रो राष्ट्र
  • बुधबार, १० फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआइजी) अशोक सिंहले राजीनामा दिएका छन् ।
    बुधबार प्रहरी प्रधान कार्यालय पुगेर डीआइजी सिंहले राजीनामा दिएका हुन् । उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख थिए ।

    प्रहरीमा भावी महानिरीक्षक बन्ने रस्साकस्सी चलिरहेको समयमा डीआइजी सिंहको जन्ममितिको सम्बन्धमा विवाद सार्वजनिक भएको हो । उनको नागरिकतामा र प्रहरी प्रधान कार्यलयको विवरणमा जन्ममिति फरक परेको पाइएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि आन्तरिक छानविन थालेको थियो ।

    प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेपछि डीआइजी सिंहले राजीनामा दिएका हुन् । प्रहरी सेवामा प्रवेश गर्दा सिंहले पेस गरेको नागरिकतामा उनको जन्ममिति २०२४ जेठ मात्रै उल्लेख छ । उनको शैक्षिक प्रमाणपत्रमा भने १६ पुस २०२५ जन्ममिति उल्लेख छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend