logo

२०८३ साउन १३ बुधबार

सोमालिया, इथियोपिया र केन्याका ७० लाख बालबालिका कुपोषणको शिकार

सोमालिया, इथियोपिया र केन्याका ७० लाख बालबालिका कुपोषणको शिकार


हाम्रो राष्ट्र
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    अफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार भएका राष्ट्रसङ्घीय बालकोषले जनाएको छ ।

    तीन देशका बालबालिका भोकमरी, विस्थापन, शुद्ध पेयजलको अभाव र असुरक्षाको अकल्पनीय समस्या झेल्न बाध्य भएका छन् । विश्व स्वास्थ्य संस्थाले पाँच वर्षमुनिका ७० लाखभन्दा बढी बालबालिका कुपोषणको शिकार भएका बताउँदै तत्काल पोषण सहायता उपलव्ध नभए थप १९ लाख बालबालिका कुपोषणको जोखिममा पर्ने चेतावनी दिएको छ ।

    अघिल्ला तीन वर्षमा लगातार परेको खडेरीका कारण ती मुलुकका समुदायले ठूलो हैरानी बेहुर्नुपरेको, गाईवस्तुको ज्यान गएको, अन्नबाली उत्पादन शून्यप्रायः भएको र त्यसले जीविकोपार्जनमा कष्टमात्र थपेको पूर्वी र दक्षिण अफ्रिकाका लागि कोषका क्षेत्रीय निर्देशक मोहम्मख फलले बताएका छन् । खाना र पानीको खोजीमा लाखौँ बालबालिका आफ्ना अभिभावकसँग घरबाट हिँडेकाले उनीहरू शिक्षाबाट समेत वञ्चित हुनुपरेको पीडादायी अनुभव उनले साझा गरेका छन् ।

    कोषका अनुसार सोमिलिया, इथियोपिया र केन्याका दुई करोड ३० लाख जनता खाद्य असुरक्षाको सामना गरिरहेका छन् । कुपोषणबाट गम्भीररूपमा पीडितत बालबालिका गत वर्षको तुलनामा निकै बढी रहेको तथा केही समयसम्म यो अझ उच्च रहने सम्भावना छ ।

    प्रतिकूल मौसर, असुरक्षा र अभाव बालबालिका र महिलाका निम्ति चरम चुनौती बनेका छन्भने उनीहरू नै लैङ्गिक हिंसा, यौन शोषण र दुव्र्यवहारको जोखिम परेका छन् । हैजा, दादुरा, मलेरिया र अन्य रोगका कारण तीनवटै देशको स्वास्थ्य प्रणाली पनि समस्याबाट मुक्त हुनसकेको छैन ।

    बजारमा खाद्यान्नको उच्च मूल्यले बालबालिका नचाहेर पनि परिवारका निम्ति बोझ भएका छन् । जलवायु सङ्कटले परिस्थितिलाई अझ जटिल बनाएको छ जसका कारण कुपोषण र विस्थापनमा वृद्धि भएको छ ।

    गत वर्ष तीन करोडभन्दा बढी पाँच वर्षमुनिका बालबालिका र तिनका आमालाई कुपोषणको शिकार हुनबाट जोगाएका दाताप्रति आभार व्यक्त गर्दै कोषले यस वर्ष पनि उदार मनले सहायता रकम उपलव्ध गराउन अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend