logo

२०८३ असोज ७ बुधबार

चिनियाँ प्रधानमन्त्रीको चीन–रुस व्यापार मञ्चलाई बधाई सन्देश

चिनियाँ प्रधानमन्त्रीको चीन–रुस व्यापार मञ्चलाई बधाई सन्देश


हाम्रो राष्ट्र
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 897
    SHARES

    चिनियाँ प्रधानमन्त्री ली छ्याङले मङ्गलबार चीन–रुस व्यापार मञ्चलाई बधाई सन्देश पठाएका छन् । दुई राष्ट्र प्रमुखले गरेको सहमतिलाई कार्यान्वयन गर्न यो मञ्च महत्त्वपूर्ण भएको उल्लेख गर्दै प्रधानमन्त्री लीले चीनले रुसलगायत अन्य देशहरूसँग पारस्परिक रूपमा लाभदायक सहयोगलाई सुदृढ गर्न, खुला विश्व अर्थतन्त्रको निर्माण गर्न, उच्च गुणस्तरको बेल्ट एण्ड रोडको प्रवद्र्धन गर्न इच्छुक रहेको बताए ।

    चीन रुससँग आर्थिक र व्यापारिक गतिविधि आदानप्रदान र विस्तार गर्न एवं परिमाण र गुणस्तर दुवैमा सहयोग प्रवद्र्धन गर्न इच्छुक रहेको लीले उल्लेख गरेका छन् ।

    यो मञ्चले दुई देशका व्यापारिक वर्गलाई आफ्ना गतिविधि आदानप्रदान र सहयोगलाई सुदृढ गर्न राम्रो मञ्च प्रदान गरेको उनले बताएका छन् । दुई देशका उद्यमीहरूले आफ्ना आवश्यकताअनुसार सहयोगको सम्भावनाको उपयोग गर्नेछन् र दुई देशबीचको व्यावहारिक सहयोगमा नयाँ सामग्री थप्दै जीवन्तता थप्नेछन्, सन्देशमा भनिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend