logo

२०८३ साउन १४ बिहिबार

डब्लूएफपीद्वारा सोमिलिया, इथियोपिया र केन्यामा भोकमरी अन्त्यका लागि ८१ करोड डलर माग

डब्लूएफपीद्वारा सोमिलिया, इथियोपिया र केन्यामा भोकमरी अन्त्यका लागि ८१ करोड डलर माग


हाम्रो राष्ट्र
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    अफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्यामा खाद्य कार्यक्रम सञ्चालनका निम्ति एकासी करोड अमेरिकी डलर आवश्यक भएको राष्ट्रसङ्घीय खाद्य कार्यक्रमले बताएको छ ।

    भोकमरीको चपेटमा परेका ती देशका नागरिकलाई आगामी छ महिनासम्म मानवीय सहायता उपलव्ध गराउन उक्त रकम आवश्यक भएको पूर्वी अफ्रिकाका लागि डब्ल्युएफपीका क्षेत्रीय निर्देशक माइकल डनफोर्डले बताएका छन् ।

    अघिल्ला तीन वर्षमा लगातार परेको खडेरीका कारण ती मुलुकका समुदायले ठूलो हैरानी बेहुर्नुपरेको, गाईवस्तुको ज्यान गएको, अन्नबाली उत्पादन शून्यप्रायःभएको र त्यसले जीविकोपार्जनमा कष्टमात्र थपेको उल्लेख गर्दै उनले सुडान द्वन्द्वबाट भागेर आएकाहरूको समेत व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको बताएका छन् ।

    क्षेत्रीय निर्देशक डनफोर्डले गत वर्षको अन्त्य सम्ममा डब्ल्युएफपीले ४७ लाख जनसङ्ख्यालाई खाद्यान्न सहायता वितरण गरेकामा यो वर्ष पर्याप्त रकमको अभाव आफ्नो सेवा ३० लाख मानिसमा सीमित रहेको बताएका छन् । तत्काल अतिरिक्त कोष आवश्यक परेको उल्लेख गर्दै उनले आगामी जुलाई सम्ममा रकम प्राप्त नभएमा सहायता कटौतीको विकल्प नरहने बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend