logo

२०८३ साउन १३ बुधबार

युद्धविराम घोषणाको दोस्रो दिन पनि सुडानमा झडपका घटना

युद्धविराम घोषणाको दोस्रो दिन पनि सुडानमा झडपका घटना


हाम्रो राष्ट्र
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    सुडानमा अमेरिका र साउदी अरबको मध्यस्थतामा भएको युद्धविराम घोषणाको दोस्रो दिन झडपका घटना कम भए पनि युद्ध पूर्णरूपमा रोकिएको छैन ।

    युद्धविरामको घोषणाले सङ्कटमा परेका नागरिकमा राहत कोरिडोर र युद्धबाट उम्कने बाटो चाँडै खुल्ने आशा जगाएको छ । राजधानीभर छिटपुट गोलाबारी अझै पनि प्रतिध्वनित भएको छ तर एक हप्ता लामो युद्धविरामको अवलोकन गरिरहेका दुई विदेशी शक्तिहरूले सोमबार अबेर युद्धविराम लागू भएदेखि खार्तूममा लडाईं ‘कम तीव्र’ देखिएको बताएका छन् ।

    युद्धरत पक्षहरूले युद्धविरामको पूर्वसन्ध्यामा सैन्य लाभ लिन खोजेकोमा ‘चिन्ता’ व्यक्त गरे र ‘दुवै पक्षले सम्झौताको उल्लङ्घन गरेको सङ्केत गर्ने’ रिपोर्टहरू आएका वासिङ्टन र रियादले जनाएका छन् । अप्रिल १५ मा युद्ध सुरु भयो, जसका कारण हजारौं विदेशीहरूले सुडान छोडेका छन् भने १० लाखभन्दा बढी सुडानीहरू आन्तरिक वा बाह्यरूपमा आफ्नो घर छोड्न बाध्य भएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend