logo

२०८३ साउन १४ बिहिबार

क्यानाडा र साउदी अरबबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना

क्यानाडा र साउदी अरबबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना


हाम्रो राष्ट्र
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 1K
    SHARES

    क्यानाडा र साउदी अरबले कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका छन् । दुवै देशले नयाँ राजदूत नियुक्त गर्ने निर्णय गरेको देशको कूटनीतिक तथा कन्सुलर सम्बन्धको व्यवस्थापन गर्ने ग्लोबल अफेयर्स क्यानाडाले विज्ञप्ति जारी गरी जनाएको छ ।

    क्यानाडाले साउदी अरबका लागि नयाँ राजदूतका रूपमा ज्याँ फिलिप लिन्टोलाई नियुक्त गरेको क्यानाडाको विदेश मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा जानकारी गराइएको छ ।

    ‘यो कदम पारस्परिक सम्मान र साझा हितमा आधारित छ ।’ साउदी अरबको विदेश मन्त्रालयले पनि बुधबार यस्तै घोषणा गरेको छ । सन् २०१८ मा साउदी अरबले कूटनीतिक विवादपछि क्यानाडाका राजदूतलाई देश निकाला गरेपछि दुई देशबीचको विवाद बढेकोे थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend