राष्ट्रपति रेसेप तैयप एर्डोगानका चुनावी प्रतिद्वन्द्वीले कुर्दिश लडाकुहरूसँग विपक्षीहरूलाई जोड्ने अभियानको भिडियो प्रसारण गरेको भन्दै उनीवरुद्ध ५० हजार डलरको मुद्दा दायर गरेका छन् ।
धर्म निरपेक्षता पक्षपाती विपक्षी नेता केमाल किलिचदारोग्लुका वकिल सेलाल सेलिकले बिहीबार भनेका छन् “हामीले नक्कली भिडियोको जवाफ दिन यो मुद्दा दायर गरेका छौँ ।” किलिचदारोग्लु मे १४ मा पहिलो राउण्डको चुनावी दौडमा एर्डोगानभन्दा झन्डै पाँच अङ्कले पछि परेका थिए ।
आइतबार टर्कीको राष्ट्रपति चुनावको दोस्रो चरण प्रवेश गरेको छ ।किलिचदारोग्लुले यसअघि एर्दोगानविरुद्ध साङ्केतिक मुद्दा दायर गरेका थिए । तर यस पटक क्षतिपूर्ति स्वरूप एक मिलियन लिरा (५० जकार डलर) माग गर्दै मुद्दा दायर गरिएको हो । उनले एडोर्गानले बारम्बार आफ्नो जुलुसमा एक भिडियो प्रसारण गर्ने गरेका छन् । जसले किलिचदारोग्लुलाई कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का सैन्य कमाण्डरसँग अनुचितरूपमा जोड्ने प्रयास गरेको उनको दाबी छ ।
दशौँ हजारको ज्यान लिने दशक लामो विद्रोहका लागि टर्की र यसका पश्चिमी सहयोगीहरूले पीकेकेलाई आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध गरेका छन् । किलिचदारोग्लुका वकिलले एडोर्गानलाई नैतिक मान्यता तोडेको आरोप लगाउँदै झूटो भिडियो सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएका छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend