logo

२०८३ साउन १४ बिहिबार

रेशम चौधरीको सजाय माफी निवेदनमा कानुनबमोजिम गर्न राष्ट्रपति कार्यालयको राय

रेशम चौधरीको सजाय माफी निवेदनमा कानुनबमोजिम गर्न राष्ट्रपति कार्यालयको राय


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    काठमाडौँ । राष्ट्रपति कार्यालयले रेशम चौधरीको सजाय माफी निवेदनमा कानुनबमोजिम गर्न राय दिएको छ । गृह मन्त्रालयले चौधरीको सजाय माफी मागको निवेदनमा राय माग गर्दै उनको निवेदन राष्ट्रपति कार्यालय पठाएको थियो ।

    शुक्रबार राष्ट्रपति कार्यालयले रायसहित चौधरीको फाइल गृहलाई फिर्ता पठाएको छ । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले राष्ट्रपति कार्यालयले गृहबाट प्राप्त निवेदनको फाइल अध्ययनपछि फेरि गृह मन्त्रालयलाई नै फाइल फिर्ता पठाइएको जानकारी दिए ।

    राष्ट्रपति कार्यालयले कानुनबमोजिम गर्नू भन्ने राय दिएको छ । चौधरीको निवेदन राष्ट्रपति कार्यालय पुगेकै दिन प्रधानमन्त्री पुष्पकमल दाहालले समेत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर त्यसबारे छलफल गरेका थिए ।

    चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजायअनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने छ । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनले करिब १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend