logo

२०८३ साउन १५ शुक्रबार

उपभोक्ताले कम खर्च गर्दा जर्मनी मन्दीको चपेटामा

उपभोक्ताले कम खर्च गर्दा जर्मनी मन्दीको चपेटामा


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 910
    SHARES

    गत वर्ष ऊर्जाको मूल्यमा आएको नकारात्मक परिवर्तनको कारण उपभोक्ताको खर्चमा असर परेपछि जर्मनी मन्दीको चपेटामा परेको छ ।

    सन् २०२२ को अन्त्यमा ०.५ प्रतिशतले सङ्कुचन आएको युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रको उत्पादन यस वर्षको पहिलो तीन महिनामा ०.३ प्रतिशतले घटेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

    सङ्घीय तथ्याङ्क कार्यालयले अघिल्लो त्रैमासिकको तुलनामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा शून्य वृद्धिको अघिल्लो अनुमानलाई घटाएको छ ।

    सीएनएनका अनुसार मन्दीलाई लगातार दुई त्रैमासिक घट्दो उत्पादनको रूपमा परिभाषित गरिएको छ । कार्यालयले भनेको छ, “उच्च मूल्य वृद्धिको निरन्तरताले वर्षको सुरुमा जर्मन अर्थव्यवस्थामा बोझ परेको छ । यो विशेष गरी परिवारको अन्तिम उपभोग खर्चमा प्रतिबिम्बित भएको छ । सन् २०२३ को पहिलो त्रैमासिकमा उपभोग खर्चमा १.२ प्रतिशतले घटेको थियो ।”

    प्यान्थियन म्याक्रोइकोनोमिक्सका प्रमुख युरो क्षेत्र अर्थशास्त्री क्लज भिस्टेसनले पहिलो त्रैमासिकमा उपभोक्ताले गरेको खर्च ‘ऊर्जाको मूल्यमा आएको झट्का’ले खुम्चिएको बताउनुभयो । गत वर्षको फेब्रुअरीमा रूसले युक्रेनमाथि गरेको आक्रमणपछि युरोपेली ऊर्जाको मूल्य वृद्धि भएको थियो ।

    सिएनएनका अनुसार त्यसपछि मस्कोले युरोपेली देशहरूमा ग्याँस आपूर्तिमा अवरोध पु¥्यायो, जसले गर्दा जर्मनीले आपतकालीन अवस्था घोषणा गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend