logo

२०८३ असोज ७ बुधबार

दक्षिणी चाडमा किसान र गोठालाबीचको भिडन्तमा दश जनाको मृत्यु

दक्षिणी चाडमा किसान र गोठालाबीचको भिडन्तमा दश जनाको मृत्यु


हाम्रो राष्ट्र
  • शनिबार, १३ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    दक्षिणी चाडमा गोठाला र किसानहबीच भएको झडपमा १० जनाको मृत्यु भएको एक जना स्थानीय गभर्नरले बताएका छन् । चाड, क्यामरुन र मध्य अफ्रिकी गणतन्त्रको उर्वर सीमा क्षेत्रमा प्रायः मुस्लिम घुमन्ते गोठाला र त्यहाँ बसोबास गर्ने किसानबीच झडप हुुनुको प्रमुख कारण खेतबारीमा लगाएको बालीमा वस्तुभाउ चराउँदा हुने गरेको छ ।

    गोठालाहरूले आफ्ना गाईवस्तुहरूलाई बालीमा छाडिदिने गरेको आरोप किसानहरूले लगाउँने गरेका छन् भने गोठालाहरूले त्यहाँ आफ्ना वस्तुभाउ चराउनु आफ्नो परम्परागत अधिकार भएको दाबी गर्दै आएका छन् ।

    हिंसाको पछिल्लो कारण गत बिहीबार एक जना १२ वर्षीय गोठालाले आफ्ना गाईवस्तुलाई किसानको बदाम खेतमा लगेपछि भएको हो । त्यसक्रममा गोठाला र किसानबीच झगडा भयो ।

    झगडा झडपमा परिणत भएपछि ती १२ वर्षे गोठाला मारिए । मडोल क्षेत्रका गभर्नर अदोम फोर्टे अमाडोका अनुसार उनका आमाबाबुले बदला लिन नौ किसानको हत्या गरे । यो घटना राजधानी एनजामेनाबाट छ सय किलोमिटर दक्षिणपूर्वमा भएको हो । हत्यामा संलग्नलाई पक्राउ गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend