logo

२०८३ साउन १३ बुधबार

शरणार्थीलाई अमेरिकी डलर नदिने राष्ट्रसङ्घको घोषणा

शरणार्थीलाई अमेरिकी डलर नदिने राष्ट्रसङ्घको घोषणा


हाम्रो राष्ट्र
  • शनिबार, १३ जेष्ठ २०८०
  • 1.6K
    SHARES

    संयुक्त राष्ट्रसङ्घले लेबनानमा रहेका सिरियाली शरणार्थीलाई अमेरिकी डलरमा नगद सहायता नदिने घोषणा गरेको छ । आगामी महिनाको नगद सहायता अमेरिकी डलरमा नदिने निर्णय भएको युएनले जनाएको छ ।

    यद्यपि उक्त निर्णय अस्थायी हो । राष्ट्रसङ्घले लेबनानमा शरण लिइरहेका शरणार्थीलाई नगद सहायता दिने उपयुक्त ढाँचाका सम्बन्धमा लेबनानी अधिकारीहरूसँग छलफल भइरहेको बताएको छ ।

    लेबनानका कार्यवाहक सामाजिक मामिला मन्त्री हेक्टर हज्जरले सिरियाली शरणार्थीहरूलाई अमेरिकी डलरमा सहायता दिन अस्वीकार गरेपछि युनएनले यस्तो निर्णय गरेको हो ।

    लेबनानी अधिकारीले सिरियाली शरणार्थीलाई उनीहरूको मातृभूमिमा सुरक्षित फिर्ताको लागि काम गरिरहेका बताउँदै मन्त्री हज्जरले अन्तर्राष्ट्रिय समुदायलाई प्रयासमा सहयोग गर्न आग्रह गरेको छ । करिब २० लाख सिरियाली शरणार्थीले लेवनानमा शरण लिएका अनुमान छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend