logo

२०८३ असोज ७ बुधबार

भारतमा खसेको मोबाइल फोन निकाल्न जलाशय सुकाउने कर्मचारी निलम्बित

भारतमा खसेको मोबाइल फोन निकाल्न जलाशय सुकाउने कर्मचारी निलम्बित


हाम्रो राष्ट्र
  • आइतबार, १४ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    भारतमा एउटा खसेको मोबाइल फोन निकाल्नका लागि एउटा जलाशयको सम्पूर्ण पानी बाहिर निकाल्न आदेश दिएका एक जना सरकारी अधिकारी निलम्बित भएका छन् । सेल्फी लिइरहेको समयमा राजेश विश्वासले मोबाइल फोन खसालेका थिए। उक्त बाँधबाट दशौँ लाख लिटर पानी बाहिर पठाउन तीन दिन लागेको थियो ।

    जब त्यो फोन फेला पर्यो पानी पसेका कारण त्यो काम नगर्ने अवस्थामा पुगिसकेको थियो । विश्वासले त्यसमा संवेदनशील सरकारी तथ्याङ्क रहेको र त्यसलाई जोगाउनुपर्ने कारण आफूले त्यस्तो गरेको बताएका छन्। तर उनीमाथि पदको दुरुपयोग गरेको आरोप लागेको छ ।

    खाद्य निरीक्षक विश्वासले झन्डै १ लाख ६० हजार रुपियाँ बराबरको सामसुङ कम्पनीको मोबाइल फोन मध्य भारतको छत्तीसगढ राज्यमा अवस्थित खेरकट्टा बाँधमा आइतबार खसालेका थिए । स्थानीय गोताखोरहरूले त्यसलाई फेला पार्न नसकेपछि आफूले शुल्क तिरेर एउटा डिजेल पम्प झिकाएको उनले निकालेको भिडियो सन्देशलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend