logo

२०८३ साउन १४ बिहिबार

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस


हाम्रो राष्ट्र
  • आइतबार, १४ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    काठमाडौँ । सरकारले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफीका सिफारिस गरेको छ । चौधरीलाई आममाफीका लागि मन्त्रिपरिषद्ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    राष्ट्रपतिले चौधरीको सजाय माफी निवेदनउपर कारबाही गर्न आदेश दिएसँगै सरकारले मन्त्रिपरिषद्बाट सजायमाफीको निर्णय गर्दै राष्ट्रपतिकोमा सिफारिस गर्ने निर्णय गरेको हो । चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् । सरकारको सिफारिस अनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे उनी सोमबार गणतन्त्र दिवसका अवसरमा छुट्नेछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend